हरेक विषयमा ‘म’ को संयोजन लगाई लेख्नु सजिलो हुने रहेछ । यसर्थ पनि यस भेटी बिरोधी तर्कमा मैले भन्नै पर्ने हुन्छ – म भेटी बिरोधी हुँ । सानो सानोमा एक रुपैयाँको पनि लोभ लाग्ने भएकाले मन्दिरमा गएर भेटी चढाउनु मेरो मनलाई लोभले दिदैनथ्यो । तर पछि अलि ठुलो हुँदै गएपछि भने आफ्नै एक सिद्दान्तले रोकिरहेको छ । झट्ट हेर्दा कुरो रु एक को हो तर कुरा यहाँ एक भन्दा ठुलो भोकको हो ।
मानिस स्वभावैले जस्तो भएपनि उसँग जस्तो छैन भन्दा पनि केहि न केहि सिद्दान्त रहेकै हुँदा रहेछन् । हावाजस्ता लाग्ने (अन्यको लागि) त्यस्ता सिद्दान्त व्यक्ति आफै चाहेर पनि हटाउन नसक्ने रहेछ । भएन, यि सिद्दान्त त अलि सामाजिक मुल्य र मान्यता विपरित भए भनेर मनै मार्दा पनि तुष चाँही अन्तरमनमा गडेरै रहिरहने । हो, भेटी हिन्दु समाजको सभ्यता हो । भगवानको घर खाली हात जानु हुन्न भन्ने मान्यताको प्रतिक हो –भेटी । र यही मान्यताको विरुद्द छ मेरो सिद्दान्त जुन चाहेर पनि म बाट हट्न मानिरहेको छैन् । कुरा मात्र एक को हो र अलिक फरक ढंगले हेर्ने हो भने कुरा करौडौको हो र अझ मानवीय तवरले हेर्ने हो भने पेटीमा माग्न बसेका अपांग र अशक्त वृद्दवृद्दाको भोकको हो ।
तपाईं पशुपति प्रायश: गइरहनु हुन्छ भने मात्र २० मिनेट बाग्मती पूर्वी किनारमा बसी पशुपतितिर नियाल्नुहोस् । पशुपति उपल्लो परिसरबाट तल कालजयी मुर्ति(बाग्मती किनारमा अवस्थित) मा बर्षने भेटीका सिक्काहरुले तपाईं स्वयंलाई सोच्न बाध्य तुल्याउने छ –यो सब किन ?? सुख्खा जमिनमै चढाइएका ति भेटी स्वरुप सिक्काहरुलाई छेवैका बालकहरुले एक एक गरी टिपेको दृश्यले भलै कमसे कम यि बच्चाहरुले त पैसा कमाए भनि एक मनले सन्तोष गर्नुहुँदो हो तर तिनै भक्तिवादीहरुले जब पैसा खोलामा चढाँउछन् तब ??? सकि नसकि चुम्बक लगाई अथक प्रयास बाबजुद खोलामा फ्याकिएका पैसामध्ये मात्र १०% बालकहरुको हातमा पर्न जान्छ । भगवानलाई चढाउने एक अन्धविश्वासी दौडमा पैसाको अर्थको वेवास्ता किन ???
कुरा जाबो एक को त हो नि , कमाएको पैसाको एक तुच्छ रकम भगवानलाई अर्पण गरे त के भयो ? एक किसिमले धर्मै भयो । यदि यहि मानसिकतामा आधारित भई तपाईं भेटी चढाउँनु हुन्छ भने यो तपाईंको अन्धविश्वासी र पूरातन सोच हो न कि धर्मले सिकाएको बाटो । यदि त्यहि भगवानलाई हुर्रयाउने मात्र एककै सिको पेटीमा माग्न बसेकी कुनै वृद्दालाई दिनुहुन्छ भने – त्यो एकले त्यस वृद्दाको भोक टर्नेछ । धर्म यस मानेमा छ न कि हावाको तालमा जता पायो त्यतै कुनै उपलब्धिमुलक फ्यकाँइमा ।
धर्मको नाममा सधै दान र भेटीमा अग्रसर हुने हाम्रा हात कसैको मजदुरीमा भने सधै पछाडी नै रहने गरेका छन् । ठिकै छ, मजदुरी गर्यो भन्दैमा हिसाबकिताबै नगरी दिने हैन , उचित मुल्यांकन गरेर दिने हो तर यो बिनापत्थाको भेटी चाँही किन नि ??
भेटीको कुनै लेखाजोखा नभई ति सबै पुजारीको भागवन्डामा जाने कुरो सर्वविदितै तथ्य हो र पनि भेटीमा धर्म खोज्नु आफैमा मुर्खता हो साथै मानवियताको विरुद्द पनि, कारण छेवैमा एक अंपाग छ जो तपाईंसँग धेरै हैन मात्र रु. एक माग्दैछ र तपाईं त्यहि एक पुजारीको चरणमा अर्पण गर्दै हुनुहुन्छ । हावा तालमा फ्याँकिने पैसाले कसैको भोकै टर्छ भने के त्यसमा धर्म भेटिइदैन र ?? खोलामा खेर जाने पैसाले कसैको जीवन नै गुज्रिरहेको छ भने के त्यसमा धर्म (सन्तोष प्राप्ति) छैन र ???
संसार धर्ममा टिकेको छ , सत्य छ । धर्म अर्थात मानवियता न कि रुढिवादी र अवैज्ञानिक परम्परा । संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो तर परिवर्तन पनि आवश्यकताको एक रुप हो । मन्दिर जानु, भगवानप्रति आस्था राख्नु हाम्रो संस्कृति हो , तर मानवियता मुल मन्त्र हो जुनसुकै धर्मको । मानवियता आफु रित्तिएर अरुलाई देउ हैन , छ र खेर जाँदैछ भने देउ भन्ने मात्र हो । भेटी एक त्यस्तै खेर हो , जुन तपाईं हामी मन्दिर भन्ने स्थानमा त्यत्तिकै फ्याँकिरहेका छौ । मन्दिर जाऔं , फुल, अछेता चढाऔं तर भेटी चाँही मन्दिरमा नभै छेवैको वृद्दवृद्दा, अंपागलाई चढाऔं । के यसमा संस्कृति जगेर्ना सँगै मानविय धर्मको परिचय मिल्दैन र ?? मन्दिरमा निरर्थक फ्याकिरहेको रु. एक कसैको भोक टर्ने मेलो हो । आवश्यक्ता छ, मात्र मानविय संवेदना मिश्रित एक दृष्टिकोणको न कि चलिआएको परम्परा जोगाउने यथास्थितिवादी कठोर सोचको ।
Friday, February 13, 2009
भेटी बिरोधी एक तर्क
Subscribe to:
Post Comments (Atom)
1 comments:
मैले जिस्केको हैन, तर मलाइ थाहा छ भेटी भनेको 'भगवान(?)'लाइ घुस हो ।
Post a Comment