Sunday, December 12, 2010

सुजु – द हिडन पार्ट अफ माइ लाइफ

            
 "प्रोस्टीच्युटको बारेमा लेख्न्न प्रोस्टीच्युट नै हुनु पर्छ भन्ने छैन नि डियर !"

उनले यसरी मेरो प्रश्नको सटिक उत्तर दिइरहदा म भने भर्खरै उनको ब्यागमा देखिएको इलेभेन मिनट्स ' लाई नै सम्झिरहेको थिए पाउलोको बहुचर्चित उपन्यास  ‘इलेभेन मिनट्स लाई इंगित गर्दै एक स्तम्भकारले एकपटक भनेका थिए अहिले सम्म पढे मध्ये को सबै भन्दा कामुक पुस्तक । यसर्थ पनि मैले उनलाई प्रश्न गरेको थिए – “ तिमी पाउलो पढ्छौ ?? “

उनी अर्थात सुजु अ लेडी अफ केटीएम यो पछिल्लो लेडी वाला ट्याग चै उनको बोल्डनेसलाई ओके भन्न म बारम्बार युज गर्ने गर्थे र प्रत्युतरमा हाम्रो कनभर्सेसन इन्ड हुन्थ्यो उनको यस् आइ यम बाट । हुन पनि उनि बोलि र विचारमा अन्य लेडी भन्दा बोल्ड नै थिइन जुन उनको इलेभेन मिनट्स रिडिंगले पनि प्रस्ट्याइसकेको छ ।

 “सुजु ! कहाँ पुग्यौ ?? “ – पाउलोको बुक ब्यागमा राख्दै सोध्छु 

दृश्य र पल्पसा भेट भएको च्यापटरमा पुन: एक पुलुक्क हेराइ म तर्फ ।

उनी बेन्चको एक छेउ बसेर उनको फेभोरेट बुक पल्पसा क्याफेपढ्दैछिन् , म भने उनको काखमा टाउको राखी बेन्चमा लम्पसार छु केशर शम्शेरले आफ्नै लागि निर्माण गरेको यो स्वप्न बगैचा अहिले थुप्रै स्वप्निल जोडीहरुलाई आफ्नो सपनालाई तरंगित बनाउन भरमग्दुर प्रयास गर्दैछ , जसको फाइदा हामी दुइले पनि कुनै कुनै शनिबार उठाउने गरेका  छौ ।

उनको हात सुम्सुयाउदै म पुन: “ याद छ हाम्रो भेट ??” प्रत्युतरमा उनी मेरो कपाल मुसार्दै हल्का एक मुस्कान ।

Sunday, August 1, 2010

प्रंशसा

कोही कोही मात्र हुन् कि सबै उस्तै हुन्
एक दुईलाई छाडेर कि संसारै यस्तै हुन्
बुझिनै गार्‍हो, नंगा भैकन पनि धोका
बाहिर जे देखिए नि प्रंशसाकै भोका

जती खाएपनि नअघाइने यो चिज कस्तो हो ?
सिढीं चढ्न भनेपछि यो भेटी सस्तो भो
एक दुई गीत गाएदेखि पुग्ने रै छ काम
साथमा साथी लाएपछि हुने कामै तमाम
साथी पनि कस्ता-चाकडी र दाम
किन बिगार्‍यौं कठै ! प्रंशसा मिठो नाम


च र द को परिबन्दमा परेछौ कि कसो ?
आच्चै! र त नि सुकसुक पनि बन्द छ त हो
बुझ्दछु, ओठ बन्द भए नि मनका यि भावहरु
अझ बिर्सी गएका छैनन् प्रंशसास्वरुप दिइने जोशिला ति धापहरु

यि दुई भाइको जालोमा बेरिएछौ एसोरी
उम्काउनै गार्‍हो भो छुटाउने पो कसोरी
यि भोकाहरु किन यती सारो सारो चिच्याउँछन्
स्वच्छ मनले हात जोड्दा फेरी हाथ मलेको भनी डराउँछन्

Saturday, July 10, 2010

मन र मस्तिष्क संबाद

आज फेरी त्यहि
कथा दोहोरिएको छ
म बोल्नु र तिमी बोल्नु
एक साथ भएको छ
त्यसैले त हेर
नेपथ्यले बाजी मारेको छ !!!

तिमी हामीबिचको अधैर्यता
र त्यसबाट सृजित अन्यौलता
सुन्ने भन्दा बोल्ने हाम्रो बढी चाहना
फलत: कोलाहलपूर्ण अतिरंजित सिर्जना !!!

हाम्रो गनगन नै उसको खसखस
हाम्रो असमझदारी नै उसको तयारी
ठाडो कान, त्यो काग बडो चालाख छ
त्यसैले त हेर , फेरी बाजी मार्न उ पुरै तम्तयार छ !!!

Sunday, May 2, 2010

..तन्त्रमा रुमलिएको म

सबै भन्छन आयो आयो तर म आको मलाई नै थाहा छैन ।
मलाई घुमिफिरी ल्याइदै छ तिमी बिचरालाई वास्ता नै छैन ।
यो म हो र ? यो त सिर्फ प्रतिबिम्ब हो
म त अझै परै छु, अस्तित्व मा नै प्रस्नचिन्ह भो ।

म त आउन खोज्दै थिए, तर मलाई गुमराह पारीयो ।
मेरो नाम गरी दोसल्ला सम्मान अरुलाई नै दिइयो ।
म हेरिरहे, मेरो अगाडि मै तमासा बनेको एक टकले म हेरिरहे ।
बुझेर बुझपचाकाहरुलाई देखी एक तमासले म हेरिरहे ।
मेरो अगाडि मै नाचेको देख्दा एक टकले म हेरिरहे ।


तिम्रो सामिप्यताको लोभमा म लडिरहे, संघर्ष गरिरहे ।
तिमीले हाथ बढाइदिदा खुशीले म पागल भए ।
सामिप्यताको अन्तिम क्षणमा म तब स्तब्ध भए
जब मैले तिमीलाई मेरो छाँयासँग खेलिरहेको पाए ।
…..केबल मेरो छाँया मात्रसँग खेलिरहेको पाए ।

I m in love..?

Smthing has happened to me
I feel like i m in the sky
I felt never like this before
I m in change, I m sure

Silence is being my friend
Environment is new
Smilling knocks the door
I guess i m in love,is it true?

Really I don't ve the word
How much i m excited
What didn't i do
to get a date with u

Sunday, April 18, 2010

नेपाल एकिकरणदेखि गणतन्त्र - शाहवंशीय राजाहरुको कालक्रम

Royal Palace
Narayan Hiti Royal Palace, Kathmandu
विश्व मानचित्रमा एसिया महादेशको ०.३ प्रतिशत भुमि ओगटेको भुपरिवेष्ठित देश नेपाल मुख्यत एसियाका ज्योति गौतम बुद्दको जन्मस्थल लुम्बिनी र संसारकै अग्लो हिमचुचुरो सगरमाथाको कारणले प्रख्यात छ । करिब १ लाख ४७ हजार वर्ग क्षेत्रफल रहेको दुइ विशाल राष्ट्र चिन र भारत बिच सरदर १८३ कि.मि. को चौडाइ र ८८५ कि.मि. को लम्बाइ ( पूर्ब मेची देखि पश्चिम महाकाली ) भइ फैलिएको छ । छेवैको छिमेकी  देश बिट्रेनको अधिनस्थ रहदाको समयमा पनि आफ्नो सार्वभौमिकतामा आँच आउन नदिएको नेपाल जन्मैदेखि स्वतन्त्र रहेको छ । सुर्य नअस्ताउने साम्राज्य भनिएको तत्कालिन वृहत बेलायतले वि.सं. १९८० मा नेपाललाई स्वतन्त्र राज्यको रुपमा दिएको मान्यताले नेपाल बिट्रिश उपनिवेश नभएको पुष्टि गर्दछ ।

गोरखापति श्री ५ पृथ्विनारायण शाहको वि.सं. १८२५ आश्विन १३ इन्द्रजात्राका दिन काठमाडौं उपत्यका विजयका साथै शुभारम्भ भएको नेपाल एकिकरण अभियान उनका उत्तराधिकारीहरुको समयमा बढ्दै गएर पूर्वमा मेचिपारि सिक्किम (टिष्टा) र पश्विममा महाकालीपारि देहरादुन, सतलज सम्म पुगेको थियो । पछि समय अन्तरालसँगै राजाहरुको अदुरदर्शी निर्णय तथा भाइ - भारदारहरुको सत्ता र शक्ति प्राप्तिको निम्ति खेलिएका कुटनीतिक तथा षडयन्त्रमुलक दाउपेचका कारण नेपालको राजनीति पूर्णत अराजक , अस्थिरता र उतारचढावबाट गुज्रिइ  फलत: बिट्रेनको इष्ट इण्डिया कम्पनिसँग वि.सं. १८७३ मा सुगौली सन्धि गर्न बाध्य भयो जसको कारण नेपाल आफ्नो एक तिहाइ भुभाग गुमाउदै  अहिलेको सीमांकनमा आइ पुग्यो।

Tuesday, April 13, 2010

प्राचिन कान्तिपुरी नगरीका दुर्लभ फोटाहरु - इतिहासबाट

नेपालको इतिहासको व्याख्या गर्ने हो भने नेपालको उत्पत्ति देखि लिएर अहिलेको अन्योलग्रस्त स्थिती सम्मको चर्चा परिचर्चा गर्ने हो भने काठमाडौं उपत्यका यसको मुख्य पृष्टभुमीमा रहन जान्छ । प्राचिन समयमा कान्तिपुर नगरी पनि भनिने काठमाडौं उपत्यका झण्डै झण्डै नेपालको सिंगो इतिहास बोकेको प्रमुख प्रतिनिधि स्थल हो । 

नेपाल राज्यको स्थापनाक्रम र मन्जुश्रीले चोभार डाँडा काटी काठमाडौं दहलाइ बस्ती बनाएदेखिको विकासक्रमलाई मध्यनजर गर्ने हो भने दुवै एक अर्काको पर्यायवाची बन्न जान्छन् । गोपालवंशी, महिषपालहरुको कान्तिपुर शासनसँगै नेपाल नामको राज्यको स्थापना भएको देखिइन्छ । किराँतकाल, लिच्छविकाल र त्यसपछि मल्लकाल हुँदै शाह वंशले स्थापना गरेको वृहत आधुनिक नेपाल अहिले गणतन्त्र (राजतन्त्र विहिन)परिस्थितिसम्म आइपुग्दा पनि काठमाडौं (राजधानी बनाइएकै कारणले होला सायद)नेपाली राजनीति र पूर्ण नेपाल राज्यको अस्तित्व बोकेको एक पहिचानबाट विमुख भै सकेको छैन । 

राष्ट्रिय राजनीति र देशको अस्तित्व तथा अस्मिताको प्रमुख केन्द्रबिन्दु रहेको काठमाडौं नगरी ९० को दशकताका कस्तो थियो त ?????

केहि फाइल चित्रहरु - इतिहासको पानाबाट .....................


असन
Loading...